Skip to main content

२७ पुष जनकपुरधाम। प्रतिनिधिसभाको सभामुख पदका लागि आगामी माघ ५ गते निर्वाचन हुने भएको छ।मंगलबारको संसद बैठकमा प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी दिए।

उनले संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन्। संविधानअनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन हुनुपर्ने व्यवस्था छ। संसदको निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक पुष २५ गते बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *