२५ पुष जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने सम्बन्धमा नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक संघीय संसद भवन परिसरमा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो। बैठकमा पार्टीका पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरुको सहभागिता रहेको छ। बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्ने बताइएको छ।
त्यसपछि कांग्रेस संसदीय दलको बैठक बोलाइनेछ ।यसअघि देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारीको बैठकमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने विषयमा पनि छलफल भएको थियो।
प्रधानमन्त्री दाहालले सोमबार साँझ कांग्रेस सभापति देउवासँग उनको निवासमा भेट गरी विश्वासको मत मागेका थिए। जवाफमा देउवाले यसबारे संसदीय दलको बैठकमा छलफल गरेर निर्णय गरिने बताए। १६९ सांसदको समर्थनमा गत पुस १५ गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले आज संसदमा विश्वासको मत लिनेछन्।