३० भाद्र, जनकपुरधाम। नेपाली काँग्रेसका प्रखर नेता कन्चन झा भारतको बिहार राज्यका भ्रमणमा निस्केका छन्। उनले आज बिहारका पूर्व मुख्यमन्त्रि तथा राष्ट्रिय जनता दलका संस्थापक नेता श्री लालु प्रसाद यादव जीसँग भेट गर्नुभयो र साथै बिहारको उप्मुख्यमंत्री श्री तेजस्वी यादव, पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रि श्री तेज प्रताप यादव सँग पनि भेटघाट गर्नुभयो।

झाले भेटघाटको क्रममा नेपाल भारतको रोटि-बेटीको सम्बन्ध मजबुत र बलियो रहोस् साथै उनले प्रदेश स्तरमा हुनु पर्ने अदान-प्रदान र सहयोग जस्ता विषयहरुमा चर्चा गरेका हुन्। दुवै देश नेपाल र भारतको ऐतिहासिक सम्बन्ध र सीमापार सम्बन्धबारे उनीहरुले विशेष चर्चा गरेका हुन् |

साथै उनले तेजस्वी यादव र तेज प्रताप यादवको सफल राजनैतिक कार्यकाल रहोस भन्ने शुभकामना दिए र आरजेडी का संस्थापक लालु यादवलाई सुस्वास्थ्यकोकामना पनि गर्नु भयो। अन्त्यमा नेता झाले लालु यादवलाई नेपाल भ्रमण गर्न आउनका लागि निम्तो दिनु भयो।