Samajik Feed – News Portal from Nepal

२५ पुष जनकपुरधाम। नेकपा–माओवादी केन्द्र संसदीय दलको बैठकले तत्कालका लागि प्रदेश १ मा सरकारमा नजाने निर्णय गरेको छ। आज बसेको नेकपा–माओवादी केन्द्रको संसदीय दलको बैठकले केन्द्रको निर्णय नपुगेसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको छ। पालैपालो सरकारको नेतृत्व गर्ने ग्यारेन्टी भए मात्रै पार्टीले सरकारमा जाने निर्णय गरेको माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले बताए।

प्रदेश १ का गभर्नर परशुराम खापुङले नेकपा एमालेका हिक्मतकुमार कार्कीलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्की एमाले प्रदेश १ संसदीय दलका नेता हुन्। मुख्यमन्त्री कार्कीले आज दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिएका छन्। मुख्यमन्त्री कार्कीले आज मन्त्रिपरिषद्मा तीन सदस्य नियुक्त गरेका छन्। नवनियुक्त तीन मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरुमा तिलकुमार म्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बु रहेका छन्। अहिले उनीहरुलाई विभागीय जिम्मेवारी दिइएको छैन। खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हो।

संविधानको धारा १६८ (२) प्रदेशसभामा एमालेको ४०, नेकपा माओवादीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ र जनता समाजवादी पार्टी नेपालले एक सिटसहित कार्कीको मुख्यमन्त्रीमा समर्थन गरेको छ । मुख्यमन्त्रीको दाबीसहितको पत्रमा हस्ताक्षरसहित राज्यपाल खापुङलाई बुझाइएको थियो । कार्की, नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका नेता भक्तिप्रसाद सिटौला र जेएसपी–एनकी निर्मला लिम्बु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *