Samajik Feed – News Portal from Nepal

२५ पुष जनकपुरधाम। गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी नियुक्त भएका छन्। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएको प्रदेश सभा सदस्यका हैसियतमा खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना) को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए ।

मुख्यमन्त्री बन्ने योजनासहित प्रदेश झरेका खगराज संघमा स्वास्थ्य मन्त्री र १३ दिने गृहमन्त्रीसमेत भइसकेका नेता हुन्। खगराजलाई मुख्यमन्त्री नियुक्त गर्न ३ वटै दलका सांसद र दीपक मनाङेसहित प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *