३० भाद्र, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाको तपसि चौक स्तिथ तराई डेन्टल क्लिनिकको भोलि शुक्रबारका दिन प्रथम वार्षिक महोत्सव रहेको छ।
तराई डेन्टल क्लिनिककि संस्थापिका मिशा महासेठ सामाजिक कार्यहरुमा पनि खुब रुचि राख्छिन र उनले फ्री डेन्टल क्याम्प लगायात विभिन्न सामाजिक कार्यक्रमहरु को आयोजना गर्दै आईरहेकी छिन्।
क्लिनिकको प्रथम वार्षिक महोत्सवको उप्लक्ष्यमा भोलि शुक्रबार तराई डेन्टल क्लिनिक काे आयोजना र ब्लड फर नेपाल धनुषा काे सहयोग मा रक्तदान कार्यक्रम हुन गइरहेको छ। सम्पूर्ण रक्तदान गर्ने इक्छुक रक्तदाता महानुभावहरुलाई कार्यक्रममा उपस्थित भई रक्तदान गरिदिन आग्रह गर्दछौं।
मिति:२०७९/५/३१
स्थान: तपसि चौक
समय: बिहान ९ बजे देखि १ बजे सम्म
