Samajik Feed – News Portal from Nepal

२५ पुष जनकपुरधाम। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकताका लागि वार्ता समिति गठन गर्ने भएको छ। नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष बाबुराम भट्टराईले ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नुभयो।

भट्टराईको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको नेकपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो। सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बैठकले नेकपा–माओवादी केन्द्रसँग पार्टी एकताका लागि राजनीतिक समिति गठन गर्ने बताए। उनले माओवादी केन्द्रलगायत अन्य दलसँग छलफल र एकताका लागि प्रयास गर्न समितिलाई अधिकार दिइने स्पष्ट पारे। भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पाँच भागमा विभाजन गरिएको छ– प्रारम्भ, पार्टी गठनको सात वर्ष, संघीयताको संक्षिप्त समीक्षा र प्रदेश निर्वाचन २०२२, समाजवादी ध्रुवीकरण आजको आवश्यकता र भावी कार्ययोजना। आगामी कार्ययोजना अन्तर्गत राजनीतिक कार्य, सांगठनिक कार्य, प्रचार कार्य र आन्दोलन तथा प्रचार कार्य योजना प्रतिवेदनमा उल्लेख गरिएको छ। बैठक भोलिसम्म चल्ने सहअध्यक्ष श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *