२२ पुष, जनकपुरधाम। नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पछिल्लो समय आर्थिक समस्यामा परेको छ। सरकारले पर्याप्त बजेट विनियोजन नगरेको भन्दै यस्तो अवस्था सिर्जना भएको आरोप लगाइएको छ, जसका कारण सेवानिवृत्त प्राध्यापक तथा कर्मचारीको भुक्तानी दिन नसकेको त्रिविका रजिष्ट्रार प्रा डा पेशाल दाहालले त्रिवि पूर्व विद्यार्थीको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै भने।
गत आर्थिक वर्षमा त्रिवि सिनेटले पारित गरेको २८ अर्ब रुपैयाँको बजेटमध्ये सरकारले ९ अर्ब रुपैयाँ मात्रै उपलब्ध गराएको उनले बताए । उनका अनुसार कर्मचारीको तलब, भत्ता र निवृत्तिभरणमा १० अर्ब रुपैयाँ खर्च भइरहेको छ । । हाल यसमा १६ हजार ६५ कर्मचारीको कोटा छ । तर, सरकारले १३ हजार कर्मचारीका लागि मात्रै बजेट विनियोजन गरेको त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले बताए।
पूर्व उपकुलपति प्रा डा तीर्थराज खनिया र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष केदारभक्त माथेमा । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ, वक्ता किरणकुमार श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले वर्षौंदेखि सुधार गर्न नसकेको बताए। विश्वविद्यालयले सुधार गर्न नसक्दा विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जान बाध्य भएको बताए । आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सफल भएको छ ।