२१ पुष, जनकपुरधाम। विज्ञापन संघ नेपालको २३ औँ वार्षिक साधारण सभा अध्यक्ष सोमप्रसाद धितालको अध्यक्षतामा मंगलबार सम्पन्न भएको थियो। विहानको बन्द सत्रपछि यस क्षेत्रका उद्देश्य, उपलब्धि र आकांक्षाका विषयमा अन्तरक्रिया गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा आनका अध्यक्ष धितालले विज्ञापन खण्डमा रहेका विभिन्न चुनौतीका बारेमा सहभागीहरुलाई अवगत गराउनुभयो र समस्या समाधानमा सहजीकरण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गर्नुभयो।
यसैबीच, विज्ञापन क्षेत्रमा निरन्तर सहयोग र विकास गरेकोमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा विज्ञापन एजेन्सीहरूलाई सम्मान गरिएको थियो।