२९ भाद्र, जनकपुरधाम। जनकपुर उपमहानगरपालिका वार्ड नम्बर २ मा घर बनाई रहेका बेचन साह र आलोक ठाकुरको आपसी विवादमा ट्राफिक प्रहरीका वरिष्ठ सई राजिव तिवारीले बीचमा आएर एक पक्ष बाट बोल्दा उनि विवादमा परेका छन्। उनि वर्दीमै आएर झगडा एक पक्ष सँग झगडा गर्न थाले।

उनले झागडा गर्ने क्रम आफ्नो आक्रोशमा गालि गलोच का सतही हातपात समेत गरे भन्ने स्थानीयको गुनासो रहेको छ। खासमा भन्ने हो भने ट्राफिकको काम यातायात व्यवस्थापन हो तर उनि ट्राफिकमा भई र वर्दीमै आएर झगडा गर्न थाले पछि, उनले वर्दीको गलत दुरुपयोग गर्दै आरोप लागाएको छ।