Skip to main content

२० पुष, जनकपुरधाम। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ।

भेटमा दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। उनीहरुले सरकारमा एकीकृत समाजवादीको सहभागिता, समर्थन र विश्वासको मतलगायत विषयमा पनि कुराकानी गरेका थिए।
प्रधानमन्त्री दाहालले माघ १० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। १६९ सांसद र विभिन्न दलको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले धारा ७६ (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *