Samajik Feed – News Portal from Nepal

२० पुष, जनकपुरधाम। घरेलु बजारमा आज प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँ (११ दशमलव ६६ ग्राम) सुनको मूल्य कायम भएको छ भने अघिल्लो दिन १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, कामदार सुनको मूल्य आज प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ रहेको छ । मंगलबार १ लाख २ हजार १ सय रुपैयाँ थियो । मंगलबारको भाउको तुलनामा चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ छ ।अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको कारोबार मूल्यका आधारमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *