Skip to main content

२० पुष, जनकपुरधाम। मंगलबार सम्पन्न ३०औँ त्रिवेणी कपको उपाधि बागमती फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै आरओडीएसले निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी खेलेको हो।

खेलको १८औं मिनेटमा अनिल रानाले वाग्मतीलाई अग्रता दिलाएका थिए भने ३७औं मिनेटमा सुरेश कुमालले गोल गर्दै रामपुरको टोलीलाई बराबरीमा ल्याएका थिए ।विजेताको निर्णय पेनाल्टी सुटआउटको छैटौं किकमा भएको थियो । आरओडीएसका लागि अब्देल रहमान, आकाश थापा, डिका सर्गे, भबेन्द्र मल्ल ठकुरी र नवराज गुरुङले गोल गरे भने सन्दिप श्रेष्ठले गोल गर्न सकेनन्।

बागमतीका लागि देवा गुरुङ, अमर श्रेष्ठ, सुमन चाम्लिङ राई र कासिम राईले गोल गरे भने दिपेश चाम्लिङ राई र आयुष रानाले गोल गर्न सकेनन्। खेलको प्लेयर अफ द म्याच रोड्सका भबेन्द्र मल्ल ठकुरी घोषित भए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आरओडीएसका सुरेश कुमाल घोषित भए भने उत्कृष्ट गोलकिपर बागमतीका रविन बस्नेत घोषित भए ।विजेता आरओडीएसले ५ लाख र उपविजेता बागमतीले ३ लाख रुपैयाँ हात पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *