Samajik Feed – News Portal from Nepal

१९ पुष, जनकपुरधाम। नेपाली कांग्रेसको प्रतिनिधिसभा मुख्य सचेतकमा नेता रमेश लेखक मनोनीत भएका छन्। मंगलबार सभापति शेरबहादुर देउवाले लेखकलाई मुख्य सचेतकमा मनोनीत गरेको कांग्रेस संसदीय दलको नेता शेर बहादुर देउवाको निजी सचिवालयले जनाएको छ।

कञ्चनपुर, दैजी गाविस निवासी ४४ वर्षीय रमेश लेखक नेपाली कांग्रेसका सभासद हुनुहुन्छ। २०५६ सालको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं. ३बाट विजयी लेखक पुनर्स्थापित व्यवस्थापिका-संसदमा समेत सक्रिय हुनुहुन्थ्यो। लोकतन्त्र बहालीपछिको सरकारमा श्रम तथा यातायात मन्त्री रहेका लेखक हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *