Samajik Feed – News Portal from Nepal

१९ पुष, जनकपुरधाम। निर्वाचन आयोगले संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभा सदस्यको रिक्त पदमा उपनिर्वाचनका लागि फागुन ८ गते तोक्न सरकारलाई सिफारिस गरेको छ।सरकारले तोकेको मितिमा राष्ट्रियसभाको उपनिर्वाचन गराउने प्रावधानअनुसार आयोगले आज लिखित रूपमा सरकारलाई सिफारिस गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सरकारका मुख्य सचिव शंकर शर्मासँगको भेटमा प्रमुख निर्वाचन आयुक्तसहित आयोगका पदाधिकारीले सरकारलाई यस्तो सुझाव दिएका हुन्। बैठकमा दास वैरागीको पनि उपस्थिति रहेको थियो। राष्ट्रियसभा सदस्य, सभापति र उपराष्ट्रपतिको रिक्त पदमा उपनिर्वाचन, एकीकृत निर्वाचन ऐन लगायत समसामयिक विषयमा छलफल भएको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लुम्बिनी प्रदेशबाट माथिल्लो सदनमा निर्वाचित खिमलाल भट्टराई (अन्य क्लस्टर) ले दिएको राजीनामा स्वीकृत भएपछि राष्ट्रियसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन गराउनुपरेको जानकारी दिए। असोज २३ मा र पद खाली भएको थियो। उनले थपे, ‘बहालवाला अध्यक्षको पदावधि सोही मितिमा सकिने भएकाले फागुन १२ गतेभित्र रिक्त रहेको अध्यक्ष पद पूर्तिका लागि निर्वाचन गरिसक्नुपर्ने र रिक्त रहेको उपराष्ट्रपतिको पदपूर्तिको लागि १५ गतेभित्र निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ।

आयोगले संघीय संसदको पहिलो अधिवेशनमा निर्माण गरेको एकीकृत निर्वाचन कानुनको मस्यौदा सरकारमार्फत पेस गर्ने तयारी भइरहेको पनि बैठकमा जानकारी गराएको आयोगका प्रवक्ता शालिग्राम पौड्यालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *