Samajik Feed – News Portal from Nepal

१९ पुष, जनकपुरधाम। नेपाल विद्युत् प्राधिकरणले भाडा तिर्नुपर्ने बहानामा इन्टरनेट सेवाका पोलबाट इन्टरनेटका केबल हटाएपछि नेपाल इन्टरनेट सेवा प्रदायक संघले देशभर इन्टरनेट सेवा अवरुद्ध गर्ने धम्की दिएको छ।

आज यहाँ पत्रकार सम्मेलन गरी इस्पानले पोल चार्जमा प्राधिकरणको एकाधिकार रहेको आरोप लगाउँदै इन्टरनेट सेवा उपलब्ध गराउन प्रतिकूल वातावरण सिर्जना गरेको आरोप लगाएको छ । इन्टरनेट सेवा अवरुद्ध गर्न बाध्य भए त्यसको जिम्मेवार प्राधिकरणको हुने संघले जनाएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इस्पानका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले भाडा बक्यौता असुली गर्न आईएसपीको डाटा सेन्टर, अपरेशनल पोइन्टका साथै मेन लाइन, ट्रंक लाइन, क्रसिङ, फाइबर तार र विद्युतका खम्बाका अन्य तारका लाइन काटेको बताए।

‘आइएसपीहरूले नियमित रूपमा प्राधिकरणका पोलहरू प्रयोग गरेबापत भाडा शुल्क तिर्दै आए पनि प्राधिकरणले देशका विभिन्न भागमा इन्टरनेटका केबल हटाउँदै आएको छ,’ पराजुलीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *