१८ पुष, जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहालले माघ १० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने बताएका छन् ।
दाहाल गत पुस २५ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।संविधानको धारा ७६(२) बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यस दिन दाहालले सांसदहरुसँग समर्थन माग्ने छन् ।
दाहालले सोमबार संघीय संसद् सचिवालयलाई पत्र पठाएर सोही दिनको संसद बैठकमा मतदानको समय तालिका बनाउन आग्रह गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेपछि नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक माघ ९ गते बस्दैछ ।