Skip to main content

१८ पुष, जनकपुरधाम। अल्का अस्पतालले आज सोमबर देखि ५ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले पुस १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।

सोमबार बिहान अस्पतालमा आयोजित एक कार्यक्रमका बीच निःशुल्क स्वास्थ्य शिविरको अस्पतालका अध्यक्ष कुमार थापाले उद्घाटन गरेका छन्। सो कार्यक्रममा उहाँले आइभिएफ, मधुमेह र साइकियाट्रिक एक आपसमा सम्बन्ध भएका कारण यस पटकको शिविरमा यी विषयलाई प्राथमिकता दिएको उल्लेख गरे ।

अस्पताल परिसरमा सुरु निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच भइरहेको प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए। शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *