१८ पुष, जनकपुरधाम। सूचना प्रविधिको व्यापक विकास र विस्तारसँगै मानिसहरूले थुप्रै किसिमका अनलाइन अकाउन्ट खोलेका हुन्छन्। तर यस्ता अकाउन्ट सुरक्षाका दृष्टिले निकै कमजोर रहेको पाइएको छ। विश्वभर उस्तै पासवर्ड राख्नेहरूको जमात ठूलो छ।
साइबर सुरक्षा कम्पनी भैरव टेक्नोलोजीले २०२२ मा नेपालमा प्रयोग भएका कमजोर पासवर्डको विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपालमा सबैभन्दा बढी प्रयोग भएको पासवर्ड ‘kathmandu’ हो।
यी विवरण लिक वा ब्रिच भएका डेटाबाट सङ्कलन गरिएको हो। अझै पनि शब्द, संख्या, नाम आदि राखेर पासवर्ड सिर्जना गर्ने अभ्यास छ। सम्झनका लागि सहज हुने भन्दै प्रयोगकर्ताले यस्ता पासवर्ड राख्ने भए पनि सुरक्षाका हिसाबले यस्ता पासवर्ड प्रतिकूल हुने विज्ञ बताउँछन्।