Samajik Feed – News Portal from Nepal

१८ पुष, जनकपुरधाम। देशकै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज यहाँ आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँगै पोखरा विमानस्थल उनि पुगेका थिए।

आयोजनाको परिकल्पना र निर्माणमा भूमिका निर्वाह गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्दै दाहालले पोखराका जनताले लामो समयदेखि प्रतिक्षा गरेको क्षण अन्ततः आएको बताए । यस क्षेत्रमा सकारात्मक विकास ल्याउन कनेक्टिभिटी अभिन्न अंग भएको बताउँदै उनले नवनिर्मित विमानस्थलले पोखराको मात्र नभई सिंगो देशको आर्थिक विकासमा सेवा पुग्ने बताए। पौडेलले आयोजना सम्पन्न गर्न पोखराका स्थानीयले गरेको त्याग र धैर्यताको पनि प्रशंसा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *