Samajik Feed – News Portal from Nepal

१७,पुष,जनकपुरधाम। म्याग्दीमा अफ्रिकन स्वाइन फिभरका कारण धेरै सुंगुर मर्न थालेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लाका बेनी र ग्रामीण क्षेत्रमा संक्रमणका कारण अहिलेसम्म तीन सयभन्दा बढी बंगुरको मृत्यु भइसकेको छ ।

केही फार्मबाट लिइएको नमूनामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिका–२ स्थित बंगुरफार्ममा अफ्रिकन स्वाइन फिभर पहिलो पटक पुष्टि भएको थियो ।

आचार्यले यो रोगको पूर्ण उपचार नभए पनि सुंगुरलाई खोप लगाएर कम गर्न सकिने बताए । तर, यसले मानिसलाई असर गर्छ ।

बेनी नगरपालिका–७ मङ्गलाघाटमा २५० सुँगुर मरेको बेनी नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।

यसैबीच, जिल्लामा सुँगुर कृषकले रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गर्न आग्रह गरेका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले शङ्कास्पद जनावरलाई बथानबाट अलग्गै राख्न र मरेको जनावर खाडलमा फाल्दा समयमै केन्द्रलाई जानकारी दिन कृषकलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *