१७,पुष,जनकपुरधाम। साविक विजेता नेपाल एपीएफ फुटबल क्लब आज पोखरा रंगशालामा जारी २२ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मोफसलको प्रतिष्ठित प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा एपीएफले धरान फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
एपीएफका लागि बिकु तामाङ र युवराज खड्काले पहिलो हाफमा गोल गरेका थिए । तामाङ खेलको प्लेयर अफ द म्याच घोषित भए ।
३७औं मिनेटमा तामाङले पिचको मध्यभागबाट निस्किएको बललाई नियन्त्रणमा राख्दै एपीएफलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि खड्काले जालको पछाडिको गोल पाएपछि विभागीय टोलीले अंक दोब्बर बनाएको थियो ।
गत वर्ष पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको एपीएफले फाइनलमा स्थानका लागि बुधबार सहि विभागीय टोली त्रिभुवन आर्मी क्लब वा संकटा क्लबसँग खेल्नेछ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो क्वाटरफाइनल खेलमा आइतबार साविकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ ।