२७ भाद्र जनकपुरधाम। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरका क केहि युवाहरुले मिलेर कालो झन्डा देखाउदै स्वागत गरेका हुन्। कालो झन्डा देखाउने ती युवाहरु नागरिकता विहिनहरु हुन्।
नागरिकता नभएको कारण पढ्न र नोकरी चाकरी गर्न समेत अफ्ठ्यारो भएको आक्रोश देखाउदै युवा हरुले कालो झन्डा देखाई प्रदर्शन गरेका हुन्। नागरिकता विधयेक ढिलो भयो भन्दै उनले आरोप समेत लगाएका हुन्। प्रहरीद्वारा ती युवकहरु लाई पक्राउ गरियो छ।

पक्राउ परेको ११ जना को सुची यसप्रकार रहेको छ
१.अनुराग झा
२.गणेश साह
३.भरत
४. महाबिर
५.धिरज ठाकुर
६. चन्दन
७.विजय
८. शिव नारायण
९. अभिसेख महतो
१०. आशोक महतो
११. सफिरुल राईन