Skip to main content

१५ पौष, जनकपुरधाम। १०० वर्षको उमेरमा बिहान साढे तीन बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आमा हिराबेनको मृत्यु भएको छ।

स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबाद स्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । उनको १०० वर्षको उमेरमा बिहान
साढे तीन बजे निधन भएको प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् पुष्टि गरेका हुन् ।


उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *