Skip to main content

१३ पुष, जनकपुरधाम। नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। त्यसपछि उनले पनि पदभार ग्रहण गरे।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उनलाई सपथ खुवाएका हुन्।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार पोखरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्। १९७४ वैशाख ११ गते प्युठान जिल्लाको झिम्रुक गाउँपालिका–४ मा जन्मिएका पोखरेल विगत २५ वर्षदेखि कानुन व्यवसायी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *