Skip to main content

१४ पौष, जनकपुरधाम। सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि कुटनीतिक नियोग, राजनीतिक पार्टीका नेताहरूसँग भेट्नु परे स्वीकृति लिनुपर्ने जनाएको छ।

गृहमन्त्रालयले कर्तव्य पालनाको सिलसिला बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने बताएको छ।

गृहका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति लिएर मात्र भेट्न आग्रह गरेका हुन् साथै उनले भनेको छ कि निर्देशन विपरीत कसैले पूर्वस्वीकृति बिना नै भेटघाट गरेको पाइएमा कानुन अनुसार कारबाही हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *