Samajik Feed – News Portal from Nepal

१३ पुष, जनकपुरधाम। बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ। मतदान दिउसो २ बजे हुने भएको छ। संसदीय दलको नेतामा नेपाली काँग्रेसको केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन्। उनीहरु दुवै संस्थापन पक्षका हुन्।

बानियाँ अघिल्लो पटक पनि दलको नेता थिए । अघिल्लो पटक संघीय संसदमा समानुपातिकबाट सांसद बनेका लामा यसपटक बागमती प्रदेश सभाका लागि उम्मेदवार भई निर्वाचित भएका हुन्। बागमती प्रदेश सभामा प्रत्यक्षबाट निर्वाचित २५ र समानुपातिकबाट १२ गरी कांग्रेसबाट कूल ३७ जना सांसद छन्।
शेखर समूह निर्णायक हुने प्रवल सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *