Samajik Feed – News Portal from Nepal

११ पुष, जनकपुधाम। नवनिर्वाचित प्रतिनिधिसभाका दुई सदस्यले गत साता सपथ ग्रहण गरे पनि संसदीय काम गर्नबाट रोक लगाइएको संसद सचिवालयले जनाएको छ ।

निलम्बनमा परेका नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र नेकपा एमालेका लक्ष्मी महतो कोइरी रहेका छन्।
नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रपछि उनीहरुलाई संसदीय जिम्मेवारीबाट निलम्बन गरिएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

पूर्वमन्त्री गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको अवस्थामा कोइरीमाथि ज्यान मार्ने आरोप छ। यसैबीच, कुनै पनि निकायले सांसद बन्न अयोग्य भएको विषयमा सचिवालयमा पत्राचार नगरेकाले गत साता दुवै सांसदलाई सपथ कार्यक्रममा सामेल गरिएको पाण्डेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *