Skip to main content

०८ पौष, जनकपुरधाम। नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन। उनलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेको हो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले एसपी यादवलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिएका हुन् । उनलाई विशेष अदालतको फैसला उल्टाउँदै ४ महिना कैद र ९७ हजार ५० रुपैयाँ जरिवाना गर्ने फैसला गरिएको हो।

२०७० मा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत रहँदा अनियमितता गरेर मुद्दा मिलाएको आरोपमा उनी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो भने विशेष अदालतले उनलाई सफाइ दिएको थियो । सर्वोच्चले सो फैसला उल्ट्याएको हो ।

सर्वोच्च अदालतले दोषी ठहर गरे संगै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको इन्चार्ज रहेका यादव स्वतः निलम्बनमा परेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *