Skip to main content

०७ पुष, जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकताको विषयमा अधिकारप्राप्त निकायले सोधेको प्रश्नको जवाफ दिन आफू तयार रहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ ग्रहण गरेपछि पत्रकारहरुसँगको कुराकानीमा उनले अदालतमा विचाराधीन विषय भएकाले त्यस विषयमा आफूले सार्वजनिक टिप्पणी भने नगर्ने बताए। ‘अनुसन्धानमा रहेको, अदालती प्रक्रियामा रहेको विषयमा त खास बोलिरहन पर्दैन । सबै कुराहरु अधिकार प्राप्त निकायले अनुसन्धान गरिरहेको हुनाले अधिकार प्राप्त निकयले सोधेको खण्डमा म जहिले पनि उपलब्ध छु’ उनले भने, ‘यस्ता विषयमा अधिकार प्राप्त निकायले निष्पक्ष ढंगले छानबिन गर्ने र न्याय दिनेछ भन्ने विषयमा म विश्वस्त छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *