Samajik Feed – News Portal from Nepal

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आज जन्मदिन हो । अध्यक्ष प्रचण्डलाई जन्मदिनको अवसरमा एकाबिहानैदेखि कार्यकर्ता तथा आफन्तहरुद्वारा शुभकाना व्यक्त गरिरहेका छन् । प्रचण्डकी छोरी गंगा दाहालले बिहान सामाजिक सञ्जालमा लेखेकी छिन्, हरेक घेराबन्दि र चुनौतीको सामना गर्दै केवल देश र जनताको लागि बिना कुनै स्वार्थ मुलुकलाई यहॉ सम्म ल्याउन सफल हुनुभएको छ। अब देशको लागि “विकास र समृद्धि” को एकमात्र सपना पुरा गर्ने अवसर मिलोस् जन्मदिनको यहि शुभकामना छ बुवा ।

विसं २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा जन्मिएका प्रचण्ड आजबाट आजबाट ६८ वर्षमा लागेका छन् । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिए । प्रचण्डले २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी।

पूरा गरी २०३१–२०३३ मा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी गर्नु भई एमपीएसम्मको अध्ययन गरेका छन् ।विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सराई गरेका प्रचण्डको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो ।उनका तीन छोरी र एक छोरा थिए । तीमध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ । पूर्व प्रधानमन्त्री प्रचण्ड अहिले गोरखाबाट सांसद निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *