Samajik Feed – News Portal from Nepal

२६ मङ्सिर, जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेपछि मुलुकमा ‘जनउत्तरदायी लोकतान्त्रिक अभ्यास’ थप मजबुत भएको बताउनुभएको छ ।

नेपालमा गाउँपालिका राष्ट्रिय संघको तेस्रो महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वागत गरेका छन् । स्थानीय तहलाई सङ्घीयता र लोकतन्त्रको खम्बाका रूपमा प्रस्तुत गर्दै उनले भने, ‘नयाँ प्राथमिकताले स्थानीय सरकारलाई सुदृढ गर्दै सुशासन र विकास सुनिश्चित गर्नुपर्छ । प्रधानमन्त्री देउवाले साझा अधिकारका केही भ्रम प्रष्ट पार्नु पर्ने र संघीयताको सफल कार्यान्वयनका लागि सबै मिलेर लाग्नुपर्ने बताउनुभयो ।

‘संघीय सरकारले स्थानीय र प्रदेश तहका लागि कानुन तर्जुमा गरी कार्यान्वयन गर्न तत्काल पहल गर्न आवश्यक छ। निजामती सेवा, शिक्षा, कृषि, स्वास्थ्यलगायतका अति महत्वपूर्ण कानूनका विषयलाई प्राथमिकता दिनुपर्छ र पुरानो– संविधान अनुरूप कानुन बनेको छ,’ प्रधानमन्त्री देउवाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *