Samajik Feed – News Portal from Nepal

२३ मङ्सिर, जनकपुरधाम। काठमाडौंको सुन्दरीजलमा ल्याइएको मेलम्ची खोलाको पानी आजदेखि राजधानीमा वितरण हुँदैछ। सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खोलाको मुहान अम्बाथानमा सुरुङमार्गबाट ​​पानी खसालिएको हो।

नालीमा छोडेको पानी मङ्सिर ४ गते गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा सुरुङको अन्तिम विन्दुमा पुगेको थियो । सुरुमा यो पानी सुरुङमा फ्लसिङका लागि बागमती नदीमा छाडिएको थियो। “मेलम्ची क्षेत्रमा ठूलो पहिरोले अम्बाथानको मुहानमा रहेको सुरुङको संरचनामा क्षति पु¥याएपछि गत असारमा सुरुङ बन्द भएको थियो, त्यसैले सुरुङमा भरिएको पानी बगमती नदीमा छाडिएको छ । सुरुङमा भग्नावशेष छ,’ मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर रामचन्द्र पौडेलले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *