मङ्सिर , जनकपुरधाम। अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । उनिहरु तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । सोमबार चन्द्रगिरि रिसोर्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको बिचमा सलोन र करिश्माले विवाह गरेका हुन् ।

विवाह समारोहमा अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सलिनमान बनिया, अभिनेत्रीहरु पूजा शर्मा, वर्षा राउत लगायत उपस्थित थिए ।
सलोनका बुबा शोभित बस्नेतले भने, १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो