Samajik Feed – News Portal from Nepal

जिल्ला धनुषाको महेन्द्रनगर वास भएको एक हजाम परिवारको १५ वर्ष कि किशोरीलाई उनकै छिमेकिले २०७६ बैशाख १५ गते १२:३० बजेको समयमा बलात्कार गरेका थिए। उनको घरमा उनि २ बहिनि आफ्नो आमा सँग बस्ने गर्थे उनको बुवाभने काठमाडौँमा सैलुन पसल चलाउछन् ।साढे ३ वर्ष पहिलेको कुरा हो उनको आमा घरमा नहुदा उनको छिमेकी मौका हेरेर पछाडी को पर्खाल बाट घर मा पसी पिडत कि बहिनीलाई मुख थुनी मुर्छित गरेका थिए र त्यस पश्चात उनले पिडित सँग जबरजस्ती करनी गरेको थियो। यो मुद्दा धनुषा अदालतमा चलि आईरहेको थियो।

हिजो भएको ३०औं पेसी बाट यो मुद्दा को टुंगो लग्यो र दोसीलाई कसुरदार ठहर्‍याइओ। अब आउने भाद्र २७ को पेसीमा अरोपिलाई के कति सजाय हुन्छ भन्ने फैसला हुनेछ ।

adv. Mohana ansari & adv. rahul jha

पिडितका बुवाका अनुसार बिशेष धन्यवादको पात्र चाही अधिवक्ता मोहना अन्सारी, सानो पाइलाको तर्फवाट अधिवक्ता राहुल झा हुन् किन भने वहाँहरुको साथ र सहयोगले मात्र यो मुद्दाको फैसला सुनिस्चित भएको छ । उनि भन्छन, यो घटना पछि मेरो मानोवाल बढाउने देखि लिएर मलाई सामाजिक सुरक्षाका साथ साथै मेरो जीवन आर्जनका लागि पनि यिनीहरुले खुब सहयोग गरेका हुन् । पिडितको पक्षबाट जम्मा ६ वटा वकिलले बहस गरेका थिए जसमा अधिवक्ता मोहना अन्सारी, अधिवक्ता रेखा झा, अधिवक्ता आरती साह, अधिवक्ता राहुल झा, अधिवक्ता प्रदीप मिश्र, सरकारी वकिल न्यायधिवक्ता धर्म कोइराला ज्यु थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *