मङ्सिर १२ , जनकपुरधाम। मधेश प्रदेशमा प्रतिनिधिसभामा माओवादीको पत्ता साफ भएको छ । आठ जिल्लाको ३१ क्षेत्रको नतिजा सार्वजनिक हुँदा माओवादीले एकसिट पनि जित्न सकेन र धनुषा क्षेत्र नं. ४ को मतगणना परिणाम आउन बाँकी छ । त्यहाँ सत्ता गठबन्धन काँग्रेसका उम्मेदवार महेन्द्र यादवले रघुवीर महासेठले पछ्याइरहेका छन्
माओवादी केन्द्रका उपमहासचिव द्वय मातृका प्रसाद यादव धनुषा १ र गिरिराजमणि पोखरेल महोत्तरी १ बाट पराजित भएका छन् । २०७४ को निर्वाचनमा चारवटा क्षेत्र जितेको थियो र माओवादी केन्द्रबाट प्रभु साह, गिरीराजमिण पोखरेल, मातृका प्रसाद यादव र रामेश्वर राय यादव लगायतले पाँच सिट जितेका थिए । तर पछिल्लो समय प्रभु साह एमालेमा गएर पुनः चुनावमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएर विजयी भएका छन् ।
३१ प्रतिनिधि सभा क्षेत्रको नतिजा सार्वजनिक हुँदा हालसम्म सबभन्दा बढी एमालेले ८ सिट जितेको छ र दोश्रोमा काँग्रेसले ७, तेश्रोमा जनता समाजवादी पार्टी (जसपा)ले ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ३ क्षेत्रमा जित हात पारेको छ । यस्तै नेकपा एकीकृत समाजावदीले २ र स्वतन्त्रहरुले ३ क्षेत्र जितेको छ भने नेपाल समाजवादी पार्टी (नेसपा) र जनमत पार्टीले १–१ क्षेत्रमा जित हात पारेको छ ।
सत्ता गठबन्धनमा मधेश प्रदेशमा माओवादी केन्द्रले सात क्षेत्र पाएको थियो । जस मध्ये सर्लाही क्षेत्र नं. २ मा उसले डा.बाबुराम भट्टराई नेतृत्वको नवगठित नेसपाका महिन्द्र राय यादवलाई लडाएको थियो । माओवादीकै हसियाहथौडा चुनाव चिन्ह लिएर उनले लोसपाकै राजेन्द्र महतोलाई पराजित गर्दै चुनाव जिते तर अन्य ६ वटै क्षेत्रमा माओवादीले पराजय ब्यहोरेका छन् ।
यसले मधेश प्रदेशमा माओवादी केन्द्रका नेताकार्यकर्तामा निराशा छाएको छ ।