मङ्सिर ९ ,जनकपुरधा । साम्राज्ञी शाह र पुष्प खड्काको फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ।
मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो र निर्देशक पौडेलले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन् । फिल्मको पटकथा सविर श्रेष्ठले लेखेका हुन् । पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेलले फिल्म निर्माण गरेका हुन् ।
फिल्ममा सरोज खनाल, सन्दीप क्षेत्री, एमिली लामा, दीपिशा केसी र खड्गबहादुर पुनको पनि अभिनय छ ।
यो फिल्म पुस २९ गते देशब्यापी प्रदर्शन तयारीमा छ ।