Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत 
५ गते ।

सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बच्चाको ज्यान गएको छ।

आज बिहान करिब ९ बजे बागमती नगरपालिका-२ टावर नजिक भित्री सडक खण्डमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गम्भीर घाइते भएका बालकको घटनास्थलमै मृत्यु भएको हो। प्रहरी प्रवक्ता डीएसपी सरोज राईले दुर्घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

बस चालक हरिवन नगरपालिका-११ प्रगति टोलका ५० वर्षीय सुर्यबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *