९ कार्तिक,जनकपुरधाम। बारा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट नेकपा एमालेका उम्मेदवार त्रिलोचकी प्रसाद चौधरी निर्वाचित भएका हुन् । एमाले-जसपा गठबन्धनबाट उम्मेदवार बनेका चौधरी २ हजार २५८ मतान्तरले विजयी भएका छन् ।
चौधरीले १६ हजार ७९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशप्रसाद दंगालले १४ हजार २७० मत मात्र ल्याए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद साह कलवारले ३ हजार १२२ मत पाए भने स्वतन्त्र उम्मेदवार एकबहादुर श्रेष्ठले १ हजार ५०२ मत पाएका छन्।