Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, चैत १ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।

आज बसेको पार्टीको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषसहित कुल ५७ जनाको सूची अन्तिम रूप दिएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

उनका अनुसार खसआर्य क्लस्टरबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम सूचीमा समावेश गरिएको छ।

उक्त नामावली आजै निर्वाचन आयोगमा बुझाइने उनले बताए।

तर कुन–कुन क्लस्टरबाट को–को परेका छन् भन्ने विवरण भने पार्टीले हालसम्म सार्वजनिक गरेको छैन। निर्वाचन आयोगले सूची रुजु गरी अनुमोदन गरेपछि मात्र ती नामहरू सार्वजनिक गरिने प्रवक्ता झाले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *