सामाजिक फीड-
जनकपुरधाम, फागुन २९ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा प्रहरीले मधेस प्रदेशका चार जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि रानायण काफ्लेका अनुसार उम्मेदवारी दर्तादेखि मतदानको दिनसम्ममा १५ जिल्लाका ३७ जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरेको थियो ।
प्रहरीले सप्तरी, धनुषा, रौतहट र बाराबाट एकरएक जनालाई पक्राउ गरेको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तरगत उम्मेदवार गत माघ ६ गते भएको थियो भने फागुन २१ मा मतदान सम्पन्न भएको थियो ।
प्रवक्ता प्रहरी नायव महानिरीक्षक काफ्लेका अनुसार यस अवधिमा देशभरमा काठमाडौँमा सबैभन्दा बढी मानिस पक्राउ परेका छन् ।
काठमाडौँमा सामाजिक सञ्जालमा भ्रम फैलाउने १६ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।
यस्तै, बाँकेका ४ जना, दाङका ३ जना, चितवनका २ जना, सल्याणका २ जनालाई पक्राउ गरिएको छ ।
यस्तै, भक्तपुर, सुनसरी, मकवानपुर, कास्की, रुपन्देही र अछामका एकरएक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रवक्ता काफ्लेले बताए ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।