Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २४ गते ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले पराजित गरेका छन् ।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् । चौधरीले यादवलाई १७ हजार ६३६ मतान्तरले पराजित गरेका हुन्। यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४२८, नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५, जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ८६९ तथा नेपाल कम्युनिष्ट पार्टीका अरुण कुमार साहले १ हजार ६३५ मत प्राप्त गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *