सामाजिक फीड-
जनकपुरधाम, फागुन ११ गते ।
जनकपुरमा टिपरले पछाडिबाट ठक्कर दिँदा महिला ट्राफिक प्रहरीको ज्यान गएको छ । मृत्यु हुनेमा ट्राफिक प्रहरी कार्यालय बर्दिबासमा कार्यरत्त बर्दिबास पशुपतिनगरकी २६ वर्षीया प्रहरी जवान चन्द्रकला महतो छन् । दुर्घटनामा मोटरसाइकल चालक मधेश प्रदेश प्रहरी कार्यालय, धनुषामा कार्यरत्त विजय यादव समान्य घाइते भएका छन् ।
आज दिउँसो सवा २ बजेको समयमा जनकपुरधामको मुरलीचोकबाट जिरोमाइल तर्फ प्रहरी निरीक्षक यादवले चलाएर जाँदै गरेको प्रदेश २-०२-००२ प ७३५२ नम्बरको मोटरसाइकललाई पछाडिबाट गइरहेको प्रदेश २- ०३-००१ क ०१०४ को टिपरले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए । मोटरसाइकलमा पछाडि सबार ट्राफिक प्रहरी जवान महतोको घटनास्थलमै मृत्यु भएको हो ।
एक महिना अघि जनकपुरधाममा तिव्रगतिको दुई टिपरले एकै दिन दुई छुट्टा छुट्टै स्थानमा एक पुरुषको पछाडिबाटै ठक्कर दिएर ज्यान लिएको थियो भने अर्की एक महिलालाई गम्भीर घाइते बनाएको थियो ।