Samajik Feed – News Portal from Nepal

मङ्सिर ९ ,जनकपुरधाम । टेलिभिजनमा रियालिटी शो ‘द भ्वाइस अफ नेपालमा आज (शुक्रबार)देखि लाइभ शो सुरु हुँदैछ र यो चरणदेखि आफूलाई मनपर्ने प्रतिद्वन्दीलाई जिताउन दर्शकले भोट गर्न सक्नेछन् ।

कोच राजु लामाको समूहबाट रिहान गिरी, रिवश गुरुङ र करणबीच प्रतिद्वन्दी हुनेछ । कोच राजेशपायल राईको समूहबाट सविना, भुपेन्द्र र पदमले प्रतिद्वन्दी गर्नेछन् । कोच प्रविशा अधिकारीको समूहबाट वर्षा, प्रिजोल र शैलले प्रतिद्वन्दी गर्नेछन् । यो कार्यक्रम हिमालय टीभीबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *