Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, फागुन ८ गते ।

सिरहाको औरही गाउँपालिका-५, औरही चोकबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका-३, शिवनगरका २१ वर्षीय संजित कुमार यादव रहेका छन्।

शुक्रबार दिउँसो मोटरसाइकलमा सवार भई बरियारपट्टीबाट औरहीतर्फ जाँदै गरेका उनलाई शंका लागेपछि प्रहरीले जाँच गरेको थियो।

जाँचका क्रममा उनको साथबाट एक हजार दरका १,४०० थान नोट बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *