Skip to main content

सामाजिक फीड-

जनकपुरधाम, माघ १९ गते ।

मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहसहितको भ्रष्टाचार मुद्दाको पेसी सुनुवाइका लागि तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा उनको मुद्दा सुनुवाइका लागि पेसी तोकिएको हो ।

मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका जसपा नेपालका सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गरिएको छ ।
उपभोक्ता समितिको खाताहरूमा जम्मा दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा दाखिला गरेर हिनामिना गरेको अभियोगमा सिंहसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले सिंहसहित रमेश मडर,अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, विभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगिन्दर महतो, सुनयना कुमारी,यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *