Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १४ गते ।

बारामा धारिलो हतियार प्रहार गरी आमा छोराको विभत्स हत्या भएको छ । त्यही परिवारका अन्य तीनजना हतियार प्रहारबाट घाइते भएका छन् ।

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो । बुवा जगरुक मण्डल गम्भीर घाइते भएका छन् ।

एकजना व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरी अन्धधुन्ध हतियार प्रहार गरेर घटना घटाएको बाराका एसपी नरेन्द्र कुवरले जानकारी दिए । घटना आज बिहान करिब ३ बजेको हो ।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।
। ’हामी अहिले घटनास्थलमा आएर अनुसन्धान सरु गरेका छौं । एकजना मान्छे राति घरभित्र पसेर अन्धाधुन्ध हतियार प्रहार गरेको भन्ने कुरा आएको छ’, एसपी कुवरले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *