सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।
नेपाल जेसीजको ५२औँ राष्ट्रिय सम्मेलन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको तिरहुतियागाछी मैदानमा पुस ७ गतेसम्म चल्ने सम्मेलनको औपचारिक उद्घाटन आज दिउँसो जापान जेसीआईका उपाध्यक्ष सुजुकीले गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमार्फत नेपाल जेसीजको नयाँ नेतृत्व चयन गरिनेछ । देशभरका १७४ शाखाबाट करिब ५ हजार प्रतिनिधि सहभागी हुने नेपाल जेसीजकी अध्यक्ष रजनी थापाले जानकारी दिइन् ।
सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले सबै तयारी पूरा भइसकेको जनाएको छ । आज उद्घाटन कार्यक्रम सम्पन्न भएपछि भोलिदेखि तीन दिनसम्म रचनात्मक गतिविधि तथा नेतृत्व विकाससम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन हुने अध्यक्ष थापाले बताइन् ।