Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २३ गते ।

बालिका बलात्कार आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी शिवशंकर साह हिरा पक्राउ परेका छन् । एक १४ वर्षीया बालिकालाई होटेलमा जवरजस्ती करणी गरेको आरोपमा हिरा लगायत चारजनामाथि दुईसाता अघि जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।

हिरालाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए । बलात्कार सम्बन्धी उजुरीमाथि अनुसन्धन गर्न उनलाई नियन्त्रणमा लिएको डिएसपी बमले बताए ।

यसअघि सोही मुद्दामा हिराको नातमा दाई पर्ने मनोज महतोलाई प्रहरीले पक्राउ गरेको थियो । थप दुईजनाको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

हिरा गत २०७९ को चुनावमा जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदबार थिए । उनी निकटतम प्रतिद्वन्दी भएका थिए । आगामी चुनावमा उनी मेयर जित्ने प्रवल सम्भावना रहेको अडकल भइरहेको बेला उनी बलात्कार अभियोगमा मुछिएका छन् । हिरा जनकपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *