Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १७ गते ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने स्थिति स्पस्ट बन्दै गएपछि राजीनामा दिने तयारी गरेका छन्। प्रदेश सभा बैठकमा आफ्नो धारणा राखेपछि राजीनामा पेस गर्ने योजना उनले बनाएको बताइन्छ।

आज बिहान साढे ८ बजेका लागि निर्धारित प्रदेश सभा बैठक समयमै सुरु हुन नसकेपछि बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री स्वयं नै बैठकमा उपस्थित नहुने भएपछि बैठक अगाडि बढ्न सकेन।

प्रदेश सभाको अंकगणितले पनि यादवले विश्वासको मत प्राप्त गर्न नसक्ने संकेत गर्छ। १०७ सदस्यीय सभामा विश्वासको मत पारित गर्न ५४ मत आवश्यक हुन्छ। तर ठूलो दल एमालेसँग सभामुखसहित जम्मा २५ सांसद मात्र छन्, ती मध्ये एक जना निलम्बित छन्। एमालेलाई नेपाल संघीय समाजवादी र राप्रपाको एक–एक सिटको मात्र साथ छ, जसले आवश्यक मत संख्यालाई निकै टाढा राख्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *